
विराटनगर(नेस) । मोरङको धनपालथान गाउँपालिका–४ स्थित शारदा माविका छात्रछात्राले अब खोलामा बाढी आउँदा जोखिम मोलेर यात्रा गर्नुुपर्ने बाध्यता हट्ने भएको छ ।
खोलामा मिनि स्टुडेन्ट वाकिङ ब्रिज निर्माणाधीन अवस्थामा छ । विद्यालयको छेउ भएर बग्ने गदिया खोलामा पुुल नहुँुदा विगत पाँच वर्षदेखि विद्यालयमा अध्यनरत छात्राछात्रा बाढीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । धनपालथान गाउँपालिकाले गदियाखोलामा मिनि स्टुुडेन्ट वाकिङ व्रिज निर्माणलाई तिव्रता दिएसँगै वर्षौंदेखिको छात्रछात्राले भोग्दै आएको समस्या हट्ने भएको छ ।
विपद् व्यवस्थापनअन्तर्गत जोखिम न्यूनीकरणका लागि गाउँपालिका र विद्यालयको सहयोगमा पुुल निमार्ण हुुन लागेको हो । तीन लाख रुपैयाँको लागतमा निर्माण हुुन लागेको वाकिङ व्रिज असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताउनुुभयो । गाउँपालिका, मोरङ फलामको ट्रस्ट बनाएर पुुलको निर्माण अन्तिम चरण पुुगेको छ । अहिले बाँसको पुुलमा विद्यार्थीहरु आवतजावत गर्ने गर्दछन् ।
बाढी आउँदा बाँसको पुुल बगाउँदा समस्या हुुने गरेको थियो । खोलामा पुुल नहँुुदा गाउँपालिकाका ५ र ६ नम्बर वडाका २ सय ५० भन्दा बढी विद्यार्थी जोखिम मोलेर विद्यालय जान बाध्य थिए । । कर्सिया बजारस्थित विद्यालयका विद्यार्थीले वर्षांैदेखि भोग्दै आएको समस्या पुल निर्माण सम्पन्न भएसँगै आवतजावतमा सहज हुुने गाउँपालिका अध्यक्ष सिंहको भनाइ छ । खोलामा बाढी आउँदा विद्यार्थीले पाँच किलोमिटर घुुमेर विद्यालय आउनुुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक रवि राजवंशीले बताउनुुभयो । उहाँले असार २५ गतेसम्म सक्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।
धनपालथान गाउँपालिकाका शिक्षा शाखा प्रमुुख ऋषि कोइरालाले जोखिन न्यूनीकरण गर्दै सहज रुपले अध्ययन अध्यापनका लागि गाउँपालिकामा रहेका सबै विद्यालयहरुको स्तरोन्नती गरिरहेको बताउनुुभयो । गाउँपालिकामा रहेका सबै विद्यालयहरुलाई भूकम्प प्रतिरोधात्मक र बालाबालिकामैत्री विद्यालयको रुपमा विकास गर्न शिक्षा शाखाले काम गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।