टंक सुनार
रुपन्देही,साउन २७ । रुपन्देहीको देवदहमा शुक्रबार अन टेस्ट गाडीले बालकलाई ठक्कर दिदा बालक घाइते भएका छन । घाइते हुनेमा रुपन्देहीको देवदह–७ मिलनचोकका १० बर्षिय बालक अजय सोनी रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते बाललकको टाउको र हातमा चोट लागेको छ । उनको अहिले बुटवलमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।