सचिन पंगेनी
नवलपरासी , २८ साउन
लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएको छ । सडक भासिएपछि पुर्वपश्चिम राजमार्ग नै ठप्प हुने अवस्था आएको छ ।
गएराती साढे १० बजेको समयमा पहिरो गएपछि १७ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ । केहिवेर अगि दाउन्नेको एस मोड क्षेत्रमा सडक भासिएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक टेक रावतले जानकारी दिए । ७ मिटर जति सडक भासिएको उनले बताए । राजमार्ग नै भासिएपछि पहिरो पन्छाएर पनि बाटो खुल्न सक्ने अवस्था नरहेको उनले बताएका छन । यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत उनले आग्रह गरेका छन ।
बाटो अबरुद्ध भएपछि सवारीको लामो लाईन लागेको छ । दाउन्ने पूर्व र पश्चिम करीब १० किलोमिटर सम्म सवारीको लाम लागेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । लामो समयसम्म सवारी जाम भएपछि यात्रुले सास्ति पाएका छन ।
दाउन्ने आसपासका कम्तीमा १० ठाउमा साना साना पहिरो खसेको र घिउखोलामा पनि पहिरो खसेको छ । अहिले डोजर र एक्साभेटरले पहिरो पन्छाउने काम भैरहेको छ । पहिरो पन्छाउदै जाने तर पहिरो खस्न नरोकिने गर्दा गाह्रो भैहरेको प्रहरीले जनाएको प्रहरीले जनाएको छ ।