काठमाण्डौ । हास्यकलाकार तथा निर्माता किरण केसी (राता मकै)ले फिल्म ‘दाल भात तरकारी’ घोषणा गरेका छन्। उनको ६० औं जन्मदिनको अवसरमा उक्त फिल्मको घोषणा गरेका हुन् ।
केसीले आफ्नै सुपुत्र सुदन केसीलाई निर्देशनको जिम्मेवारी दिएको बताइएका छन्। यो फिल्मको छायांकन भदौबाट सुरु हुने किरणले बताए । कमेडी जनराको फिल्म ‘दाल भात तरकारी’ मह सञ्चारको ब्यानरमा किरण केसीले निर्माण गर्नेछन् । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौलालगायतका केही कलाकार फिल्ममा अनुबन्ध भइसकेका छन् ।
प्राप्त खबरअनुसार, फिल्ममा दीपकराज गिरीको इन्ट्री हुनसक्ने प्रवल सम्भावना छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।