बाजुरा, (नेस)
हिमाली गाउँगाउपालिको वडा नं तीनले अझै सम्म वडाको केन्द्र टुङगो लगाउन नसक्दा स्थानिय वासी समस्यामा परेका छन ।
वडाको केन्द्र नतोकिदा वडा पालिका बाट हुने सवै काम गर्न वडाध्यक्षको घरमा जानु पर्ने वाध्यता संगै अन्य समस्या भै रहेको स्थानिय दिपलाल बुढाले बताउनु भएको छ ।
वडा नं तीनको युना र बौडाका स्थानियले आफनै ठाँउमा केन्द्र राखिनु पर्ने अडान गर्दै सहमतिमा नआए पछि केन्द्र तोक्न ढिलाई भएको दलित महिला सदश्य विनकला सुनारले बताउनु भयो । स्थानियले वडाध्यक्ष ध्यानबहादुर रोकायाले पनि कुनै स्थानलाई नतोकि सहमति गर्न मात्र भन्ने भएकै कारण स्थानियका विच आ आफ्नो ठाउमा वडा हुनुपर्नेमा विवादित वन्दै गएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।