सलिम अन्सारी,प्युठान, सडक दुर्घट्ना न्युनिकरण एवं यात्रुमैत्री सवारी ब्याबस्थापनका लागि प्युठानमा पहिलो पटक ट्राफिक टाईमकार्ड सुरु गरिएको छ । तीब्र गतिका कारण हुनसक्ने दुर्घटना टार्न जिल्लामा संचालित म्याजिक,भ्यान लगायतका साना सवारी साधनको गति कम गर्न प्रहरीले ुटाइमकार्डु प्रणाली लागू गरेको हो। निर्धारित दूरीसम्म पुग्न उक्त कार्डमा समय निर्धारण गरिने र सोही कार्डमा उल्लेखित समयभन्दा अघि पुग्न नपाउने नियम बनाइएको छ। टाईमकार्डमा सवारी छुटेको समय,रोकिने सडकका स्थान र अन्तिम गन्तव्यको दुरिका लागि समय निर्धारण गरिएको हुन्छ । पहिलो चरणमा प्युठान भालुवाङ सडकखण्डको ६८ किलोमिटर दुरीको पक्की सडकमा यो ब्यस्था गरिएको र बिस्तारै ट्रीपर र सार्वजनिक यातायातमा पनि ट्राफिक टाईमकार्ड लागू गरिने प्युठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताए । प्रहरी तथा यातायात व्यवसायी समितिको पहलमा जिल्लाका सवारी साधनमा यो व्यवस्था लागू गरिएको हो। पहाडी क्षेत्रका सडक अप्ठ्यारो हुने र त्यही सडकमा तीब्र गतिमा हाँक्दा दुर्घटनाको जोखिम बढी भएकाले सडकमा चल्ने साना सवारी साधनलाई टाइमकार्डको व्यवस्था गरिएको हो। मुख्यतः त्यसैपनि पहाडी मार्ग अप्ठ्यारा हुने र ती सडकमा तीब्र गतिमा कुदाउँदा दुर्घटनाको जोखिम बढी रहने भएकाले गति कम गर्न टाइमकार्डको व्यवस्था गरिएको हो, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक पोख्रेलले भने। जिल्लाका बिभिन्न स्थानमा चल्ने म्याजिक लगायतका साना सवारी साधनलाई निश्चित समय उल्लेख गरेर टाइम कार्ड दिइन्छ। अनि सोही टाइमकार्डमा उल्लेख भएको समय अनुसार सवारीको गति भए–नभएको विभिन्न स्थानमा चेकजाँचको समेत व्यवस्था गरिएको छ। छुट्नु पर्ने स्थानबाट टाइमकार्ड लिएर गाडी छुट्छन्,ु पोख्रेलले भने, ुसो कार्डमा उल्लेख भएअनुसार गाडीको गति भए–नभएको भनेर विभिन्न स्थानमा रहेका चेकपोस्टमा चेकजाँचको व्यवस्था गरिएको छ।ु कार्डमा उल्लेखित समयभन्दा अघि नै निर्धारित स्थानमा पुग्ने सवारीलाई कारबाहीको समेत व्यवस्था गरिएको छ। पोख्रेलका अनुसार क्षमता भन्दा बढी यात्रु राख्ने यस्ता साना सवारीलाई १५ सय जरिवाना तोकिएको छ। ट्राफिक नियमको उल्लघंन गर्ने जुनसुकै सवारी चालकलाई नियमानुसार कानुनी कारबाही गरिने उनले बताए। शनिबारदेखि लागू गरिएको टाइमकार्ड प्रणाली अनुसार दर्भानबाट सदरमुकाम खलगां सम्मका लागि ३ घन्टाको समय दिइएको छ। यो व्यवस्था अनुसार ३ घन्टाभन्दा अघि पुग्ने सवारी साधन माथि कारबाही हुनेछ। दर्भान देखि खलगां सम्म बीचमा विभिन्न ५ स्थानमा टाइमकार्ड चेकजाँचको व्यवस्था गरिएको छ। त्यस्तै जिल्लाको चकचके( भिङ्ग्री सडकमा पनि टाईमकार्ड लागू गरिएको छ । बीचमा पर्ने चेक प्वाइन्टमा प्रहरीले टाइमकार्डमा उल्लेख भए अनुसार सवारी चले–नचलेको मात्रै नभई चालकलाई तीब्र गतिमा सवारी नकुदाउन सम्झाइबुझाई समेत गर्ने गरिएको छ। यसैगरी सिट क्षमताभन्दा बढी यात्रु राखे–नराखेकोबारे समेत चेकजाँच गर्ने गरिएको छ। टाइमकार्ड लागू भएको प्युठान जिल्लाभित्र दैनिक ६० भन्दा बढी म्याजिक तथा भ्यानले यात्रु ओसारपसार गर्छन । टाईमकार्ड लागू गरिएका साना सवारीसाधनलाई यातायात व्यवसायी समितिले नै टाइमकार्ड उपलब्ध गराउने गरेका छन्। तीब्र गति कम गर्न सुरु गरिएको यो व्यवस्थाले सवारी दुर्घटना कम हुने अपेक्षा गरिएको छ। निर्धारित स्थानमा पुग्न समय तोकिने भएकाले गतिमा मनपरी पनि नहुने र प्रतिस्पर्धासमेत नहुने भन्दै डिएसपी पोख्रेलले भने, ुयो व्यवस्थाले जिल्लामा दुर्घटना कम हुनेछ।ु प्रमुख जिल्ला अधिकारी डा। कृष्ण बहादुर घिमिरेले चालकहरुले सवारी यात्रुहरुलाई गर्ने ब्यबहारमा सुधार गर्नुपर्ने र प्रहरीले लागू गरेको ट्राफिक टाईमकार्डलाई अनिवार्य रुपमा कार्यान्वयन गर्न निर्देशन दिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।