मुम्बई । भारतीय चर्चित अभिनेता सञ्जय दत्तको बायोपिकमा आधारित बहुप्रतिक्षित फिल्म ‘सञ्जु’ले पहिलो दिनमै ३२ करोड भारतीय रुपैयाँ कमाइ गरेर यो वर्षकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ ।
राजकुमार हिरानीले निर्देशन गरेको सन्जु’मा सञ्जय दत्तको भूमिकामा रणवीर कपुरले अभिनय गरेका छन् ।फिल्मको आक्रामक ब्यापार र यसलाइृ हेरेर समीक्षकहरुले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन् ।पछिल्लो समय लगातार फ्लप फिल्म दिएका रणवीरको फिल्म सन्जु’को सफलतासँगै करीयरले पनि उचाई छुने निश्चीत देखीएको छ ।‘
फिल्म संजू’मा रणबीर, अनुष्का बाहेक परेश रावल, मनीषा कोईराला, सोनम कपूरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।