संजय कुशवाहा
नवलपरासी। लगतार अबिरल बर्षाले गर्दा नवलपरासीको दक्षिणी सिमा वर्ती क्षेत्र प्रतापुर गाउपालिका वार्ड न.१ देखि ९ सम्मका वर्डाहरू डुबानमा परेको छ ।तर वर्डा न.३ सोमनीमा राति बाढी आएको ले सोमनीका बासिन्दाहरू बिचलितमा परेको छ ।प्रतापुर गाउपालिका ३ सोमनी अमाहवा,नन्पुर,बरगदवा त्यस्तै वार्डा न.४ मा ठूलो खैरेटवा,हरखपुरा साथै वर्डा न.६ मा गुठी परसौनी,कठहवा,हरपुर लगायतका अन्य वर्डाहरूको भूभागडुबानमा पर्दा स्थानीयवासीहरू ले बिचल्ली भएका छन । प्रतापुर गाउपालिका का हरेक वर्डाहरूमा आएको बाढीले मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ ।
त्यस्तै बाढीले गर्दा वडा न.३ सोमनीका अर्जुन हरिजनको कचि घर ढले पछि एउटै परिवारका पाँच जना घाइते भएका छन ।घाइतेहरू लाई स्थानीयहरूले उदार गरि समुदायीक सहिद स्मृति अस्पताल चौपता पठाईएको नेभिसंघ जिल्ला सदस्य अनोज यादव बताएका छन ।यादवले दिएको जानकारी अनुसार बाढीले गर्दा करिब सयौं डुबानमा परेको घरहरूमा भएको खदान,कपडा ,आवस्यक कागजात आदि समेत बगाएर लगेको छ ।दक्षिणी क्षेत्रमा आएको बाढीले महेशपुर,भुजहवा,ठूलो खैरेटवा,गुठी परसौनी,पक्लिहवाका जाने भित्री सडक खण्ड पुर्ण रूपमा यातायात अवरुद्ध भएको छ ।त्रिवेणी क्षेत्र लगायत दक्षिणी क्षेत्रहरू जलमग्न भएको हुनाले स्कुलका पठनपाठन बन्द भएको छ।