काठमाडौँ
नेपाली सेनाले आफ्नो झण्डा सर्वाेच्च शिखर सगरमाथामा पु¥याउन सफल हुनुभएका पर्वतारोही पेम्बा दोर्जे शेर्पालाई जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा सम्मान गरेको छ ।
कार्यक्रममा पर्वतारोही शेर्पाले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई सर्वाेच्च शिखर सगरमाथामा पु¥याइएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिकको प्रतिमूर्ति र नेपाली सेनाको झण्डासहित आरोहण गरेको तस्वीर हस्तान्तरण गर्नुभएको थियो ।
प्रधानसेनापति क्षत्रीले गत चैत १४ गते सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा पर्वतारोही शेर्पालाई पृथ्वीनारायण शाहको पूर्णकदको सालिकको प्रतिमूर्ति र नेपाली सेनाको झण्डा सर्वोच्च शिखर सगरमाथामा पु¥याउने कार्यका लागि हस्तान्तरण गर्नुभएको थियो ।
यसैबीच, नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा २९ जना महासेनानी दर्जाका शिक्षार्थी सहभागी गराई गत चैत ४ गतेदेखि संचालन भएको सिसं ५ हाइयर कमाण्ड तथा म्यानेजमेण्ट तालीमको समापन गरिएको सेनाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले नेपालको संविधानले निर्देशित गरेअनुसार नेपाली सेनाको मूख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नुरहेको बताउनुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उहाँले तालीमले शिक्षार्थी अधिकृतमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीको सामना गर्न मद्दत पुग्न गई भावी जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न पेशागत दक्षताको विकास गर्नुको साथै उच्चतम् निर्णायक क्षमता र योजना निर्माण गर्ने दक्षतासमेत अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रधानसेनापति क्षत्रीले उक्त तालीममा समग्रमा सर्वप्रथम हुने महासेनानी हिमांशु खड्कालाई अतिउत्तम शिक्षार्थी एवार्ड, शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार रु २५ हजार तथा एकेडेमी लेखनतर्फ प्रथम हुने महासेनानी दीपेशजंग शाहलाई प्रमाणपत्र तथा नगद रु २५ हजार र अन्य शिक्षार्थीलाई प्रमाणपत्रसमेत वितरण गर्नुभएको थियो ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।