काठमाडौं, (नेस)
शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीलाई मन्त्रालय फिर्ता बोलाएको छ । गएको शनिबार एसईई परीक्षाफल प्रकाशित गर्दा गम्भीर त्रुटि गरेको जनाउँदै फिर्ता बोलाइएको हो ।
शिक्षा मन्त्रालयका सहसचिव डा. तुल्सी थपलियाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनको आधारमा परीक्षा नियन्त्रक रेग्मीलाई फिर्ता बोलाइएको हो । उहाँको स्थानमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक नियन्त्रक कृष्णप्रसाद काप्रीलाई जिम्मेवारी दिइएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका पे्रस संयोजक सुनिल खड्काले जानकारी दिनभयो ।
समितिले हिजो आइतबार ६ दिनमा प्रतिवेदन बुझाएको थियो । परीक्षामा त्रुटि भेटिए पनि राष्ट्रिय परीक्षा बोर्डको आलोचना भएको थियो । अघिल्लो दिन २४ जनाको ४ जीपीए आएकोमा भोलिपल्ट ७४ जनाको ४ जीपीए आएको थियो । करिब १४ हजार विद्यार्थीको परीक्षाफल परिवर्तन भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।