बर्दिया, (नेस)
बर्दिया जिल्लामा केही दिन अगाडी बजार अनुगमन गर्ने क्रममा बिभिन्न बस्तुहरुको नमुना संकलन गरी परिक्षणका लागि पठाईएका नमुनाहरु मध्य सुनचाँदी पसल सञ्चालन गर्ने १२ जनालाई कालो बजारी र ठगी गरेको आरोपमा सनिबार साँझ पक्राउ गरिएको छ ।
पक्राउ गरीएका मध्य गुलरिया बजारका न्यु स्याङ्जा गण्डकी सुनचाँदी पसल, गण्डकी सुनचाँदी पसल, राप्ती लुम्बीनी सुनचाँदी पसल, राजापुर बजारका दङ्गाली सुनचाँदी पसल, लुम्बिनी सुनचाँदी पसल र फुलाराम ज्वैलर्सका सञ्चालाकहरु रहेका छन् । त्यसैगरी बाँसगढी बजारमा सञ्चाली गण्डकी सुनचाँडी पसल, मोडेल सुनचाँदी पसल, सिता सुनचाँदी पसल, पोखरा सुनचादी पसल, पर्वत मनिसा सुनचाँदी पसल र स्याङ्जा सुनचाँदी पसलका सञ्चालकहरु रहेका छन् ।
उपभोक्ताको हित संरक्षणको लागि अनुगमन गर्ने क्रममा गुनस्तर तथा नाप तौल बिभाग काठमान्डौमा परिक्षण गराउदा ८ प्रतिशत सम्म सुनमा अन्य धातु मिसाईएको पाईएकोले कारवाही गर्न परेको कुरा प्रमुख जिल्ला अधिकारी रामबहादुर मुरुम्बाङ्गले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । साथै परिक्षणका लागि सिमेन्ट, पानी, तेल आदीको नमुना पठाइएको र ती बस्तुको परिक्षण नजिता आएपछि आवश्यक कारवाही अगाडी बढाउने कुुरा बताउनु भयो ।
अभियुक्तहरुलाई कालो बजार तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तरगत कारवाही हुने भएको छ । सजाय अन्तरगत ९ महिना कैद वा दुई लाख सम्म जरिवाना वा दुबै हुन सक्ने ब्यबस्था रहेको कुरा प्रमुख जिल्ला अधिकारी मुरुम्बाङ्गले बताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।