नेपाल समाचारपत्र, लमजुङ
लमजुङ कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु विचमा विविध प्रतियोगिता गरिएको छ । कृषिका विद्यार्थीहरूको विश्व व्यापी संगठन आईएएसको क्याम्पस कमीटी लमजुङले राष्ट्रिय धान दिवसको सन्दर्भमा ती प्रतियोगिता गरिएको हो ।
‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ मनाईएको कार्यक्रममा हिलेदौड प्रतियोगिता, धान रोप्ने प्रतीयोगिता, रिले दौड प्रतीयोगिता, डोरी तान्ने प्रतीयोगिता र कबडी खेल प्रतियोगिता गरीएको थियो । सो कार्यक्रममा लमजुङ कृषि क्याम्पसका निमित्त क्याम्पस प्रमुख कृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको कबड्डी पुरुषतर्फ धुब्रराज जोशी, श्रवणकुमार विष्ट, सोमनाथ योगी, मनोज कुमार गुप्ता र सुमन तामाङको समुह प्रथम भयो । महिला कबड्डीतर्फ अनुपा गैरे, अन्जना ढकाल, प्रिया शाही, सोनीका पौडेल, अम्रीता थापा, बबीता पोख्रेलको समुह प्रथम भएको आईएएस क्याम्पस कमीटीका डाईरेक्टर बालकृष्ण दहालले बताउनु भयो ।
उहाँका अनुसार रिले दौडमा महिलातर्फ सदिक्षा पोख्रेल, सुस्मीता शर्मा, नीरेशा पराजुली र संझना मगरको समुह प्रथम भएको छ । त्यसैगरी डोरी तान्ने प्रतियोगितामा परुषतर्फ सुदीप थापा, कवीराज अवस्थी, हरी गीरी, भुपेन्द्र न्यौपाने, धुव्रराज जोशीको समुह प्रथम भयो भने महिलातर्फ प्रिया शाही, सीता आचार्य, ईशा पौडेल, प्रतीभा कार्कीको समुह प्रथम भएको छ ।
बिजयीहरुलाई मेडल र प्रमाण पत्र प्रादन गरिएको लमजुङ कृषि क्याम्पसका विद्यार्थी विरेन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ती प्रतियोगितामा लमजुङ कृषि क्याम्पसमा अध्ययनरत दुई सय जना भन्दा बढी विद्यार्थीहरूले भाग लिएका थिए ।
विश्वव्यापी कृषि विद्यार्थीहरुको संगठन आईएएस स्थानीय कमीटी लमजुङका डाईरेक्टर बालकृष्ण दहालको अध्यक्षतामा भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।