१८ असार , काठमाडौँ – विश्वकमा आज पनि दुई महत्वपूर्ण खेल हुनेछन् । क्वार्टरफाइनल प्रवेशको आज पहिलो खेलमा ब्राजिलविरुद्ध मेक्सीको तथा दोस्रो खेलमा बेल्जियमविरुद्ध जापान भिड्दैछन् ।
नक आउट चरणको पाँचौं खेल नेपाली समय अनुसार पौने ८ बजे ब्राजिलविरुद्ध मेक्सीको भिड्दैछ । सामरा रंगशालमा हुने खेलमा जुन टोली विजयी हुन्छ त्यो टोलीले क्वार्टरफाइनलमा प्रवेश पाउँछ ।
ब्राजिल समूह ‘ई’ को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो । मेक्सिको समूह ‘एफ’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो ।
त्यस्तै, आजको दोस्रो खेलमा बेल्जियमविरुद्ध जापान भिड्दैछ । रोस्तोभ एरिनामा राति पौने १२ बजे सुरु हुने खेलमा दुवै टोली अघिल्लो चरण प्रवेश गर्न चाहन्छ ।
बेल्जियम समूह ‘जी’ को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो भने जापान समूह ‘एच’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको थिया ।