राजबिन थापा जापान जुलाई -२ हिजो आइतवार एक नेपाली कार्यक्रममा सगरमाथा पहिलो महिला आरोही स्व. जुनको ताबेइ लगायत अन्य ५ जना जापानी नागरिकहरुलाई नेपालमा विभिन्न माध्यमबाट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
पहिलो पटक नेपाल जापान बिजिनेश काउन्सिल, नेपाल चलचित्र निर्माता संघ (The Sky Movie) र साईनो इन्टरटेन्टमेन्ट को संयुक्त आयोजनामा “जापान मा नेपालको पर्यटन प्रवर्धन” मा टेवा पुर्याउने उद्देश्यले नेपालको पर्यटन क्षेत्रलाई विश्व सामु चिनाउन योगदान गरेका जापननिज नागरिकहरुलाई विशेष कार्यक्रममा सम्मान गरेको भएको छ ।
यस विशेष संम्मान कार्यक्रम का संयोजक सुजन पन्त र नेपाललाई माया गर्ने जापनिज सोसियल अर्गनाईजेसन ले नेपाल र जापानको विचमा पुलिड्को भुमिका निर्बाह गरि चौतर्फि रुपमा राष्ट्रको हकहितमा सदैव कार्य गर्नु पर्ने हेतुले आयोजना गरिएको हो।
यस कार्यक्रम को चिफ गेस्ट मा नेपाल बाट जापान आउनु भएका नेपाल चलचित्र निर्माता संध का अध्यक्ष आकाश अधिकारि, विशेष अतिथि मा ऐनआरऐनए ग्लोवल युथ फेरम का संयोजक सुदन थापा, सुरेश केसि लगायत जापानका बिभिन्न मिडिया देखि नेपाली संध संस्थाका प्रतिनिधिहरु को सहभागिता रहेको थियो।
कार्यक्रम को नेपालि राष्ट्रीय गान बाट शुरुगरि, कार्यक्रम संयोजक दीपेन्द्र पौडेल ले शुभकामना संन्देश दिनुभएको थियो भने नेपाल जापान बिजिनेस काउन्सिलका भाईस-चेयरमेन हिराकावा मसाइचि ले कार्यक्रमको पृष्ठभूमि को बारेमा प्रकाश पार्नुभएको थियो। चिफगेस्ट आकाश अधिकारि ले कार्यक्रम लाई संम्बोधन गर्नुहुदै आजको यस कार्यक्रमले दुईदेश विचको संम्वन्ध मा थप आयाम थप्न सफल भएको र आउदा दिनहरुमा पनि यस्ता महत्वपुर्ण कार्यक्रम गर्दै जानेहो भने नेपाल जापान को संम्वन्ध मा सुधार भै पर्यटन पर्वदन मा टेवा पुग्न सक्ने कुरामा खेल्ने विश्वास लिएको छु भन्नु भयो।
कार्यक्रम मा संम्मान गरिएको ५ जना जापनिज नागरिकहरु ले नेपाल र जापान को विकास मा पुर्याउनु भएका योगदानहररुलाई पृष्ठ पार्दै उहाँहरुलेनै नेपाल प्रतिको स्मरण गर्दै संम्मान गर्नुभएको मा आयोजक लाई ह्दय देखिनै धन्यवाद दिनु भएका थिए। यस कार्यक्रम मा संम्मानित हुनुभएका ५ जना व्यक्तित्वहरु निम्नानुसार रहेको छ।
१.स्व.जनुको तावेइ (विश्व मा पहिलो महिला सगरमाथा आरोहि) जुनको तावेई २०१७ मा वित्नुभएकोले गर्दा कार्यक्रम मा उहाँको श्रीमान तावेइ मासानोबु उपस्थित भै संम्मान ग्रहण गर्नुभएको थियो।
२.मिउरा युउइचिरो (ओल्ड गिनिज रेक्ड, सगरमाथा आरोहि जेष्ठ नागरिक) मिउरा युउइचिरो माउण्टेन कलाईम मा जानुभएको ले गर्दा भिडियो मेसेज बाट संम्मान गर्नुभएको थियो र संम्मान उहाको छोरि मिउरा ऐमिलि ले ग्रहण गर्नुभयो।
३.खाकिमि काजुमासा “OK बाजे नेपाल को पाल्पा जिल्ला को विकास मा योगदान २५ वर्ष भन्दा बठि समय बिताई नेपाल र नेपालिहरुको शिर उच्च राख्नुहुने आदर्णिय व्यक्तित्व हुनुहुन्छ।
४.डा. इतो तोसिआकि नेपालमा गएको भुकम्प को सहयोगार्थ चलचित्र “カトマンズの約束 माई लव प्रेमिस फर काण्ठमाडौ” व्यक्तिगत लगानिमा बनाएर यस बाट उठेको पैसा नेपाल मा सहयोग गर्नु भएका निर्देशक तथा मेजिरोट युनिभर्सिटि का प्रोफेसर पनि हुनुहुन्छ।
५.नोजु हारुहितो मोरि जापानिज प्रधानमन्त्री ले पहिलो पल्ट नेपाल सन २००० मा भ्रमण गर्नुभएको थोयो। त्यस बेलामा विशेष रुपमा नोजु हारुहितो महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो। साथै उहॉं ले दुईवदेश बिच मा पुलिड्ग रोलप्ले गरि जापान मा नेपाली भाषा र कल्चरलाई चिनाउने पायोनियर पनि हुनुहुन्छ।
साथै आयोजकले कलाकार/ निर्देशक एवं नेपाल चलचित्र निर्माता संघ का अध्यक्ष आकाश अधिकारि लाई पनि नेपाली चलचित्र क्षेत्रको गुणस्तर प्रविधि विकास र चलचित्र प्रवर्धनमा लामो समय देखी पुर्याउनु भयको योगदानको उच्च मुल्याङ्कन र कदर गर्दै सम्मान गरेका थिए। यस कार्यक्रम को संचालन जापनिज नागरिक मिमोए वातानावे ले गर्नु भएको थियो।उहॉं साईकोलोजिस्ट पनि हुनुहुन्छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।