दाङ, १२ वैशाख राउटे जातीका कविल शाही आगोले पोलेर सिकिस्त भएपछि उपचारका लागी राष्ट्रिय उत्थान समितीले सवै सगं सहयोगका लागी याचना गरेको छ ।
अछाम जिल्लाको डाँडापोखरी भन्ने ठाउँमा राती सुतिरहेको अवस्थामा पोलेर जलेर घाइते भएका शाहीलाइ उपचारकालागी हाल विर अस्पतालको हाताभित्र रहेको ट्रामा सेन्टरमा राखीएको छ । १८ बर्षीय शाहीको हाल अप्रेसन गरी उपचारकै क्रममा राखीएको वताउदै राष्ट्रिय उत्थान समितीले उपचारका लागी ४ लाख रुपैया लाग्ने वताएको छ । नेपाल सरकारले एक लाख र उपराराष्ट्रपती नन्द बहादुर पुनले एक लाखल गरी जम्मा दुई लाख रुपैया हाल सम्म सकंलन गर्न सकेको जनाउदै समितीका केन्द्रीय सदस्य यज्ञ बहादुर बुढाले थप दुई लाख रुपैया लागी सहयोग गर्न सवैमा अनुरोध गर्नु भएको छ । केन्द्रीय सदस्य बुढाले ९८६८२०६५९६मा सम्पर्क गरी सहयोग गरिदीन आग्रह गन’र्’भएको छ ।