नयाँ दिल्ली, पूर्वी भारतीय राज्य बिहारमा चट्याङमा परी पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।
सरकारी अधिकारीहरुले सोमबार यस दुर्घटना र हताहतको पुष्टि गरेका छन् । विहार राज्यको आरङ्गवाद जिल्लामा चट्याङ्बाट यो क्षति पुगेको हो ।
आरङ्गावाद जिल्लाको एक स्थानीय घाटमा अन्त्येष्टिका लागि आइतबार करीब २० जना व्यक्ति जम्मा भएकोे स्थानमा चट्याङ परेको भारतको प्रकोप व्यवस्थान विभागका एकजना अधिकारीले जानकारी दिएका छन् ।
पाँच व्यक्तिको दुर्घटनास्थलमा मृत्यु भएको थियो । घाइतेहरुलाई स्थानीय अपस्पतालमा उपचारका लागि भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।