काभ्रे(नेस) । तीन दिन जनश्रमदानमा युवा भन्ने अभियानका साथ युवा संघ नेपाल र वाईसिएल नेपाल काभ्रेले बनेपा नगरपालिका १० जनागालको ढुंङ्गे साँघुमा रहेको कार्यकर्ता चमेली विष्टको खेतमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रोपाईका लागि सहभागि भएका युवाहरुलाई जनश्रमदानमा लाग्न अनुरोध गरे ।
युवा संघका अध्यक्ष विक्रम चौलागाईले जिल्लामा साविक एमाले र माओवादी केन्द्रका युवाहरुको सामुहिक कार्यक्रम पहिलो भएको र पार्टीमा सहभागि युवाहरुलाई श्रमदानमा लाग्न उत्प्रेरणा दिने गरी कार्यक्रम आयोजना गरिएको बताए । मन्त्री बास्कोटाले खेतिमा प्रविधि र आधुनिक तरिकाले उत्पादन बढाई आर्थिक सम्वृद्धका लागि अगाडी बढ्न युवाहरुले अनुरोध गरेका थिए ।
कार्यक्रममा वाईसिएल नेपालका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, स्थानीय सरकारका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।