बुटवल, (नेस)
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकार एकदलिय सर्बसत्ताबाद तर्फ उन्मुख हुन सक्ने औल्याउँदै त्यस्तो खतरालाई रोक्न सरकार बाहिरका दलहरुबिच कार्यगत एकता हुनुपर्नेमा जोड दिनु भएको छ ।
नेपाली जनताले अब कुनै पनि हालतमा निरंकुशता र सर्वसत्तावाद नस्वीकार्ने उहाँको भनाई छ । सोमबार बुटवलमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता थापाले सरकारको ५ महिनाको अवधि नियाल्दा जनताले केही आशा लिएपनि आशंका बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो–‘दुई तिहाइको बहुमतको सरकार भएकाले एकतर्फ स्थिरता, आर्थिक बिकास र समृद्धिको आशा छ तर अर्कोतर्फ सत्तारुढ दलका कारण कहिकतै एकदलीय सर्बसत्ताबादको आशंका पनि देखिन्छ ।’
विभिन्न समुहमा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी चाँडै एक हुने र कहिल्यै नफुट्ने गरी एक हुने उहाँको भनाई थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।