सचिन पंगेनी
अविरल वर्षापछि बाढीले अहिले सम्म ६६ भन्दा बढीको मृत्यु भएको छ । ति मध्ये एक हुन् सप्तरी कोइलाडीका ८ वर्षीय बालक कमल सदा ।
निरन्तर बर्षाका कारण विरामी भएका उनको आइतबार मृत्यु भएको छ । परम्परा अनुसार मृतक बालकको शवलाई पुर्ने पर्ने थियो तर जलमग्न भएको गाउँमा उनको शव पुर्ने ठाउँ समेत परिवारले पाएनन् ।
उनको शवलाई परिवारका सदस्यहरुले कोशी नदीमा बहाइदिने निर्णय गरे । यो तस्वीरमा देखिएका देवकुमार सदा बालकका काका हुन् । उनको शवलाई कोशीमा बहाइदिएका छन् ।