काठमडौँ । फिल्म ‘बाबु कान्छा’ को शिर्ष गीतमा शम्भुजित बाँस्कोटाले स्वर दिएका छन् । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको उक्त फिल्ममा आफ्नै छोरा सलोन बस्नेत र करिष्मा श्रेष्ठको मुख्य भुमिका रहेका छन् ।
फिल्मको गीतमा गायक तथा संगीतकार टंक बुढाथोकीले संगीत भरेका छन् , भने यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गरेका हुन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह(निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ । गौतम राज खड्काले सम्पादन गरेको उक्त फिल्ममा अष्ट महर्जनको द्वन्द र टंक बुढाथोकीको संगीत रहेको छ । ओम सुनारले कर्णवीरु को ‘चन्द्रमा झैँ राम्री छौ’ गीतलाई रिमिक्स गरेका छन् ।
फिल्ममा सलोन बस्नेत र करिष्मा श्रेष्ठको साथै सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । उनले असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।
[youtube https://www.youtube.com/watch?v=fNAEe7ZEtJ4]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।