काठमाडौं । पूर्व मिस नेपाल निकिता चण्डकको डेब्यु रहेको चलचित्र ‘रानी महल’ को छायांकन विवादपछि स्थगित भएको छ । निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापकोटाविचको आर्थिक विवादले छायांकन नै स्थगित भएको हो ।
यस फिल्ममा अनुबन्धीत भएर बर्षा राउत तथा प्रशान्त ताम्राकारले फिल्म छाडे पछि चलचित्र रानी महल शुरुवात देखिनै विवादमा आएको थियो। हाल आएर निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापकोटाविचको आर्थिक लेनदेन हरहिसावमा मनमुटाव हुँदा चलचित्र छायांकन नै स्थगित भएको छ ।निर्माता भुसालले २० प्रतिशत छायांकन मात्र सकिदा आफ्नो २ करोड खर्च भएको दाबी गरेका छन् । पाल्पाको रानी महलमा चलचित्रको छायांकन सकिएपछि यो विवाद उत्पन्न भएको हो ।
निर्माता भुसालले गणेश सापकोटामाथि बढी विश्वास गर्दा धोका पाएको गुनासो गरेका छन् । उनले ५० लाखको हिसाबमा ७ लाखसम्म वेरुजु देखिएको आरोपसमेत लगाएका छन् ।उता सापकोटाले भने यो आरोप गलत भएको र फिल्म युनिटमा काम गर्नेहरुलाई आफ्नो गोजीबाट पैसा दिएको उक्त पैसा नदिएसम्म फिल्म शुटींग गर्न नदिने बताएका छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।