२२ असार , पोखरा – प्रदेश ४ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ४ को संसदीय दलले प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको छ ।
प्रदेशको नामका विषयमा मंगलबार बसेको सांसद बैठकमा नेकपाका सांसदहरूले आन्तरिक तयारी नपुगेको भनेपछि बैठक नै स्थगित भएको थियो ।
प्रदेशको नामको विषयमा नेकपाका सांसदहरूबीच गण्डकी, तमुवान, तमुवान गण्डकी, मगरातलगायतका नाम राख्नुपर्ने भन्दै विवाद हुँदै आएको थियो ।
नेकपाका सांसद राजीव पहारीका अनुसार प्रदेश ४ को नाम गण्डकी राख्ने सहमति भएको छ ।
अबको सांसद बैठकमा प्रदेशको नाम तथा स्थायी राजधानीको लागि सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले प्रदेशको नामको विषयमा पुन प्रतिवेदन टेबुल गर्नेछन् ।