नेपाल समाचारपत्र, काठमाडौं ।
आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् ।
श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा खिचेको बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै गरेको फोटो यो वर्षको आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर घोषित भएको हो ।
यो उपाधिसँगै उनले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । विजेता नरेन्द्र श्रेष्ठले आफूले पुरस्कारवापत पाएको रकम कमल सदा र यादव थपलियाको परिवारलाई दिने बताए । उनले सदाको परिवारलाई ७० हजार र थपलियाको परिवारलाई ३० हजार रुपैयाँ दिने बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।