इन्द्र गिरी, संखुवासभा
संखुवासभाका विभिन्न स्थनबाट आधुनिक हात हतियार र गोली सहित पाच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले थ्रिनट थ्रि राईफल, आधुनिक पेस्तोल, त्यसको गोली, विस्फोटक पदार्थ सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरि उनीहरुलाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सिलिचोेङ गाउँपालिका ५ वाङतेवाका केदार राई, चिचिला २ का सुरेन्द्र राई, सिलिचोङ ४ का पूर्णकुमार राई, सिलिचोङ ४ का सूर्यबहादुर राई र भारत बिहारकाका मोहम्मद मुन्ना खान पक्राउ परेका प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताउनु भयो ।
सिलिचोेङ गाउँपालिका ५ का केदार राईको साथबाट युएसए लेखिएको पेस्तोल, १४ राउण्ड गोली, २ थान म्यागजिन र एक थान भरुवा बन्दुक सहित खादवारीको मानेभज्याङबाट पक्राउ गरेको थियो । त्यस्तै प्रहरीले चिचिला २ का सुरेन्द्र राईलाई २ थान थ्रीनट थ्री राईफल र त्यसको गोली सहित पक्राउ गरेको बताईएको छ । उनले घर नजिकै ओढारमा राईफल लुकाई राखेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक शारुमगले बताउनु भयो ।
त्यस्तै सिलिचोङ ४ का पूर्णकुमार राइको साथबाट एक थान कटुवा पेस्तोल त्यसको १० राउण्ड गोली र गोलीको खोका भित्र राखिएको बिस्फोटक पदार्थ, तार जडित डेटोनेटर, त्यसको खाली कभर २ थान, एन्टेना जोडिएको सेतो रंगको रिमोट पनि सार्वजनिक गरेको छ । उनी संगै पक्राउ परेका सुर्यबहादुर राईले पूर्णकुमार राइले राख्न दिएको बताईएको छ ।
कटुवा पेस्तोल भने उनिलाई भारतीय नागरिक मुन्ना खानले भारतबाट ल्याई ६५ हजारमा विक्री गरेको खुलेपछि विराटनगरबाट खानलाई प्रहरीले पक्राउ गरेको जानकारी गराईएको छ ।
पक्राउ परेका पाचै जनालाई हात हतियार खर खजना ऐन र विस्फोटक पदार्थ ऐन अन्तरगत कारवाहि अगाडी बढाईएको र जिल्लामा अझै पनि अबैद्द हातहतियार हुन सक्ने आशंकामा थप अनुसन्धान अगाडी बढाईएको प्रहरी नायव उपरिक्षक शारुमगरले बताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।