झापा ।
झापाको कचनकवल गाउँपालिका–३ मा सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेमबहादुर भट्टराईकी १५ वर्षीया छोरी स्वस्तिमा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार राति घरमा सुतिरहेको अवस्थामा उनलाई सर्पले डसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
प्रनाउ बस्नेतका अनुसार सर्पले डसेको थाहा पाएलगत्तै उपचारका लागि अस्पताल लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।