नेपाल समाचारपत्र, ललितपुर
अहिलेको डिजिटल प्रविधिको युगमा पनि सांस्कृतिक पत्रकारिताको खाँचो रहेको सम्बद्ध व्यक्तिहरुले औंल्याएका छन् ।
नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुर महानगरपालिकाको सहयोगमा सञ्चालन गरेको चार दिने सांस्कृतिक पत्रकारिता तालिममा उनीहरुले सो खाँचो औल्याएका हुन् ।
तालिमको पहिलो दिन पत्रकारिता विज्ञ प्रा. रामकृष्ण रेग्मीले आजको विकसित सञ्चार प्रविधिको प्रयोग गरेर मूर्त अमूर्त संस्कृतिको समाचारलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । प्रा. रेग्मीले संस्कृति भनेको महान मानवीय पूंजी, पुर्खाको नासो, नास्नै नहुने सिर्जना रहेको सन्र्दभमा सांस्कृतिक पत्रकारिता भनेको मूर्त संस्कृति र अमूर्त संस्कृतिबारेको ज्ञान बढाउने विधा रहेको बताउनुभयो ।
एउटै संस्कृति र परम्पराको बोलवाला हुँदा संस्कृति सम्बन्धी समाचार लेख्ने अभ्यास नभएको धारणा राख्दै नागरिकलाई मध्य नजरमा राख्ने लोकतन्त्रको सिद्धान्तअनुरुप देशमा प्रचलित संस्कृतिमा ध्यान दिने क्रम चलेको बताउनुभयो । नागरिकप्रतिको सम्मानमा संस्कृतिप्रतिको सम्मान समावेश हुने उहा“को कथन रहेको छ ।
सांस्कृतिक पत्रकारिता भनेको संस्कृतिलाई समाजमा पेश गर्ने विधा,राष्ट्यि जीवन र नागरिकको अन्तरसंबन्धमा संस्कृतिको भूमिका पहिल्याउने विधि,अनेक आयाममा विस्तार भएको संस्कृतिलाई प्रकाश पार्ने माध्यम र सूचना प्रवाहमा संस्ृकतिलाई स्थान दिने आधार रहेको पनि उहा“को भनाई रहेको छ ।
प्रा. रेग्मीले संस्कृतिसंग आबद्ध विषय, प्रश्न, घटना, पात्र, भाषा, प्रचलन, चुनौती, बिगत, वर्तमान तथा भविष्यलाई समाजसामु राख्नुपर्नेमा जोड दिनुभयो । उहा“ले भन्नुभयो ‘ पत्रकारले संस्कृति विषयक प्रसंङ्गलाई सूचना, सन्देश तथा अन्य प्रस्तुतिको रुपमा भाषामा, तस्वीरमा वा आवाजमा वा अनलाइनमा प्रसारण गर्नुपर्दछ ।’ मूल पत्रकारितामा गांसेर वा विशेष रुपमा संस्कृतिलाई छापा, रेडियो, टेलिभिजन वा अनलाइनमा र अहिले त सामाजिक मिडियामा पनि ल्याउने कार्यलाई बढावा दिनुपर्ने रेग्मीको जोड रहेको छ ।
त्यसैगरी दोस्रो दिन वरिष्ठ पत्रकार एवं नेपाल भाषाका दैनिककका सम्पादक सुरेशकिरण मानन्धरले चाड, पर्व, जात्रा र परम्परासंग सम्बन्धित विषयलाई सामाजिक, आर्थिक, राजनीतिक, मनोवैज्ञानिक विविध कोणबाट समाचार लेख्न सकिने बताउ“दै समाचार लेख्दा कोणको चयन र प्रयोग बारे सैद्धान्तिक र व्यावहारिक ज्ञानको बारे आफ्नो प्रस्तुती केन्द्रीत गर्नुभयो ।
सस्कृति सम्बन्धी रिपोटिङ्ग गर्ने क्रममा उही जात्रा, पर्वलाई हरेक वर्ष विविध कोणमा समाचार लेख्नुपर्ने पनि उहा“को जोड रहेको छ । त्यसैगरी रेडियो पत्रकार सुरजवीर बज्राचार्यले रेडियो पत्रकारिता अनुभव सुनाउ“दै तालिमका क्रममा लाइभ रिपोर्टिङ प्रस्तुत गर्नुभयो ।
तालिमको तेस्रो दिन राससका प्रधान सम्पादक राजु शाक्यले राससमा संस्कृति सम्बन्धी रिपोटिङ्ग बारे आ– आफ्नो अनुभवसहित भनाई राख्नुभयो । सहभागी ३२ जना पत्रकारहरुलाई पाटनको मंगलवजार स्थित सम्पदा पुनःनिर्माण सम्बन्धी स्थलगत रिपोर्टिङको अभ्यास गराइएको थियो ।
सो अवसरमा काठमाडौं उपत्यका संरक्षण कोषका प्रमुख निर्देशक रोहित रञ्जितकारले बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्ष्ँति सम्पदाको पुनःनिर्माण बारे जानकारी दिनुभयो । सो तालिम असार २० गते शुरु भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।