काठमाडौं, (नेस)
यातायात व्यवसायीले पछिल्लो समयमा देखिएका समस्याबारे गृहमन्त्री रामबहादुर थापा मगरसँग नयाँ बसपार्कमा छलफल गर्दै छन् ।
युनाइटेड नेपाल ट्रान्सपोर्ट भलाई एन्ड इन्भेष्टमेट प्रालिले आफूहरुले भोगेका समस्याबारे गृहमन्त्रीलाई बुधबार जानकारी गराउँदै छन् । प्रालिका अध्यक्ष राजेन्द्रप्रसाद तिवारीले व्यवसायीले धेरै दुःख भोगेकाले सरकार र सरोकारवाला निकायले ध्यान दिन नसकेको आरोप लगाउनुभयो । ‘यातायात क्षेत्रको विद्यमान अन्योलता, चुनौती र समाधान विषयक बृहद् अन्तरक्रिया’ नाम दिइएको कार्यक्रम नयाँ बसपार्कमा हुनेछ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव सुरेन्द्र सिटौलाले यातायात व्यवसायीमाथि मात्र सरकारको एकहोरो प्रहार भएकाले सरकार र सरोकारवालाबीच छलफल हुन जरुरी रहेको बताउनुभयो ।
सरकारले यातायात व्यवसायीले लगाउँदै आएको सिन्डिकेट अन्त्य गरेको भन्दै आएको छ । उनीहरुले यातायात क्षेत्रमा लगानीको संरक्षणसँग स्वरोजगारको स्तरवृद्धिको आधार निर्माण गनुपर्र्नेे, मजदुर कर्मचारीको आत्मनिर्भरतासहितको स्थायित्वको आधार निर्माण गनुपर्र्ने, जनजीविकाको लागि सामाजिक सुरक्षा ऐनलाई कार्यान्वयन गर्ने आधार तयार गर्नुपर्नेलगायतका माग राखेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।