नेपाल समाचारपत्र, चितवन
चितवनमा तरकारी जोनका कृषकहरुलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाई तरकारी जोन पार्वतीपुर चितवनले हालै एक कार्यक्रमबीच तरकारी जोनका १० जना कृषकलाई मिनी टिलर, ७३ जनालाई अन्य उपकरण वितरण गरिएको वरिष्ठ कृषि अधिकृत भलकनाथ कँडेलले जानकारी दिए ।
अनुदानमा पावर टिलर पेरे मेसिन, तौल मेसिन तथा औषधि छर्ने ःप्रे मेसिन वितरण गरिएको थियो । मिनी टिलरलाई ५० प्रतिशत अनुदान दिइएको छ ।
कष्टम हायरिङका उपकरणहरु तथा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परियोजना कार्यान्वयन इकाई तरकारी जोन पार्वतीपुरले कृषि उत्पादकत्व वृद्धि गर्दै तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले आफ्ना गतिविधि बढाइरहेकोमा खुसी व्यक्त गरिन् । मेयर दाहालले कृषकलाई मेसिनको अधिकतम उपयोग गरी उत्पादकत्व दोब्बर बनाउन सुझाव दिईन् ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत सुधिर श्रेष्ठले अनुदान प्राप्त गर्ने किसानहरूलाई उच्चतम प्रतिफल हासिल गर्न आग्रह गरे । समितिका सदःय तथा वडा नम्बर २५ का अध्यक्ष विजय भुजेलले कार्यक्रमले कृषि उत्पादन वृद्धिमा ठुलो सहयोग र्पुयाउने धारणा राखे । कार्यक्रम परियोजना कार्यान्वयन इकाई तरकारी जोन पार्वतीपुकी संयोजक बालिका गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।