नेपाल समाचारपत्र, विराटनगर
विराटनगरको नोबेल अस्पतालमा सुत्केरी गराउन आएकी सुनसरी गढी गाँउपालिकाकी २८ बर्षीया चादँनी मेहेताको अस्पतालको लापर्वाहीका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
सुनसरीको गढी गाउपालिकाकी चाँदनी मेहेता सुत्केरी गराउन १८ गते अस्पताल आएकी थिइन् । उनी हिडेर अस्पताल आएको र अस्पतालले स्वास्थ्यमा कुनै समस्या नभएकाले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका थिए ।
शुक्रबार ११ बजे होटेलमा गएर खाना खाई अस्पतालमा आएकी उनको स्वास्थ्य अचानक विग्रेको भन्दै शल्यक्रिया गरिएको तर शिशुको शुक्रबार मृत्यु भएको र आमाको शुक्रबारराति ३ बजे मृत्युभएपछि आफन्तले अस्पतालको लापर्वाहीका कारण यस्तो भएको बताएका छन् ।
समय पुगेर अस्पतालमा सुत्केरी गराउन आएको र यसभन्दा अगाडि नै अप्रेशन गरीदिन आफन्तले भन्दा पनि वेवास्ता गरेको उनीहरुले बताएका छन् । स्वास्थ्यमा समस्या देखिदा पनि कोही डाक्टर र नर्स बिरामीको कक्षमा नभएकाले बोलाउदा पनि नआएको उनीहरुले बताएका छन् । उनीहरुले अस्पतालको हेलचेक्राइका कारण नै मालतीको मृत्यु भएको बताएका छन् ।
यता अस्पतालका डाक्टर रामहरि घिमिरेले अस्पतालको कुनै लापर्वाही नभएको बताउनु भएको छ । उहाँले बिरामीको स्वास्थ्यमा अचानक समस्या आएकाले औषधि गर्दा गर्दे ज्यान गएको दाबी गर्नुभएको छ । लापर्वाहीका कारण मृत्यु भएको भन्दै आफन्तले नोबेल अस्पताको मूल ढोकामा तोडफोड गरेका छन् भने प्रहरी र मृतका आफन्त बीच घम्साघम्सी भएको थियो ।
नेपाल सरकारको सुरक्षित मातृत्व कार्यक्रममा लाखौको बजेट पाउने अस्पतालहरुमा नोबेल पनि पर्दछ तर निशुल्क गर्नुपर्ने मातृत्व सेवामा विभिन्न बाहानामा नोबेलले शुल्क लिने गरेको सेवाग्राहीको भनाई छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।