गुल्मी, (नेस)
गुल्मीको मालिका गाउँपालिकामा बिस्पोटक पदार्थ फेला परेको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङ्ग भिरकुना स्थित पुरानो तत्कालिन माओवादीले लगाउने कम्ब्याडमा बेरेर राखेको अबस्थामा ३ वटा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।
स्थानिय बामदेव अर्यालको खरबारीमा शनिवार खानेपानीको पाइप खन्ने क्रममा फेला पारेको प्रहरीले जनाएको छ । स्थानियले बम जस्तो फेला पारेसँगै प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटना स्थल वरिपरि हेर्नेक्रममा सोहि ठाउँको १० मिटर नजिकै ओडारमा बड गृप टुट्टिएको अबस्थामा पुरानो खालको हर्नेट नामक बन्दुक समेत फेला परेको प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए । बम द्धन्दकामा तत्कालिन माओवादीले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
बम डिस्पोजल गर्नको लागि बिरभद्रजंग गुल्मबाट डिस्पोजल टोली घटना स्थल तर्फ लाग्ने तयारीमा रहेको बिरभद्रजंग गुल्मका गुल्मपति सेनानी जनमत कार्कीले जानकारी दिए । बम फेला परेको स्थानल सदरमुकामबाट झण्डै १ सय किलोमिटर टाढाको दुरीमा पर्दछ । बम फेला स्थानलाई प्रहरीले घेराबन्दी गरेर राखेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।