विनोदसिंह विष्ट, बैतडी
बैतडीका अधिकांस स्थानिय तहमा उपभोक्ताको भिड लागेको देखिन्छ ।यसका साथै बजेट सिध्याउनकै लागी असार धमाधम विकास निर्माणका काम असारमा हुदैछन् ।
गत बर्ष सम्म असारको महिनाभरी बैतडी जिल्ला सदरमुकाम स्थित विकासे अड्डाहरुमा उपभोक्ताहरुको भीड लाग्ने गर्दथ्यो । तर यो बर्ष अवस्था फेरिएको छ । हिजोआज जिल्लाका स्थानीय तहहरुमा भुक्तानी लिनेहरुको भीड बढेको स्थानीयबासीले बताएका छन् । गाउँगाउँमा सरकार पुगेपनि विकास निर्माणका काम र अन्य गतिविधि पुरानै ढर्रामा रहेको भन्दै स्थानीय असन्तुष्ट समेत बनेका छन् ।
‘स्थानीय सरकार बनेपछि समयमै विकास निर्माणका काम हुन्छ भन्ने आसा भएपनि त्यसको हुन नसकेको दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो । उहाँले भन्नुभयो“स्थानिय सरकारको भएको अनुभुती गरिएको भएपनि असारे प्रवृति भने कायम छ ”
विकास निर्माणका कामहरु ढिलो शुरु हुँदा असारमा भुक्तानी लिनेको भीड स्थानीय तहमा बढेको हो ।
कतिपय स्थानीय तहले वैशाख जेठमा बढी भुक्तानी गरेको दाबी गरेपनि असारमा पनि भुक्तानी गर्नेको कमी छैन् । स्थानीय तहमा कर्मचारीको अभावले पनि विकास निर्माणका कामहरु समयमै शुरु गर्न नसकिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो । उहाँले भन्नुभयो“ विकास निर्माणका कामहरु समयमा शुरु हुन नसक्दा भुक्तानी पनि ढिलो भएको हो “ कर्मचारी अभाव, इमेल इन्टरनेट, फोन लगायतका समस्या पनि समयमै काम नहुनुमा दोषी रहेका स्थानीय तहहरुको भनाई छ । समयमा कर्मचारी परिपूर्ती नहुँदा विकास निर्माणका कामले आसा गरे अनुसार गति नलिएको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताउनुभयो ।
नागरिकले भने पुरानै प्रवृति दोहरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । योजना निर्माणको कार्य असारभन्दा नै अगाडी सम्पनन भएको भएपनि भुक्तानी दिन ढिलाई हुदाँ असारमा आएर स्थानिय तहहरुको कार्यालयमा उपभोक्ताको भिडभाड बढेको हो ।
कनै कुनै स्थानिय तहहरुले भने बजेट सिध्याउनकै लागी असारमा धमाधम विकास निर्माणका कामहरु गरिरहेका छन्। देश संघिय संरचनामा गईसकेपछी बनेको स्थानिय सरकारको पहिलो अनुभव भएकोले यस्तो समस्या आएकाले अगामी बर्षदेखि यसमा सुधार हुदै जाने दोगदाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।