इलाम, (नेस)
टयाक्टरको ठक्करबाट र भिरबाट लडेर जिल्लामा दुईजनाको मृत्यु भएको छ । टयाक्टरको ठक्करबाट इलामको माङसेबुङ गाउँपालिकामा एकजनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का ३० बर्षिय शरण राईको मृत्यु भएको हो ।
जिल्लाकै दक्षिण्ीा माईनगरपालिका ९ मालबासेमा एक ब्यक्तिको लडेर मृत्यु भएको छ । मालबासेका ५५बर्षिय गोपाल किसानको घर नजिकै रहेको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
घरबाट सामान किन्न निस्केका किसान लामो समयसम्म नआएपछि स्थानीय तथा आफन्तले खोजतलास गर्न क्रममा भिरबाट करिब २० मिटर तल मृत अवस्थामा फेला पारेका थिए । घटनापछि अहिले प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।