२ भदौ नवलपरासी ।
अविरल बर्षाका कारण डुवानमा परेको नवलपरासीको दक्षिणी क्षेत्रको जनजिवन अझै सामान्य हुन सकेको छैन । झरी रोकिएपनि घर भित्रको पानी अझै सुकेको छैन भने कतिपयको घर भत्किएर बस्न सक्ने अवस्था रहेको छैन । बर्षाकै कारण पूर्व पश्चिम राजमार्गमा पहिरो गएपछि हजारौ यात्रु अलपत्र पर्दा गत आईतबार देखि नवलपरासीको बर्दघाटमा रहेको दौतरी एफ एम ले निशुल्क रुपमा खानाको ब्यबस्था गरेपछि यात्रुहरुले राहात महसुस गरेका थिए । विहिबार विहान २ बजे देखि यातायात संचालनमा आएपछि खाना खुवाउने कार्यक्रम रोकिएको हो । आईबार विहान देखि बुधबार सांझ सम्म संचालन गरेको निशुल्क भोजन कार्यक्रमा ३ हजार १ सय ६५ यात्रुले खाना खाएका थिए । एफ एमले सोमबार देखि बाढिबाट बढि प्रभावित क्षेत्र सुस्ता गाउपालिकाको वडा नम्बर ३ मा समेत ३ ठाउमा निशुल्क सामुहिक खाना खाने ब्यबस्था मिलाएको थियो । दौतरी एफ एमको समन्वयमा सुरु भएको अभियानमा अहिले धेरै संघ संस्थाले सहयोग गर्दै अभियानलाई तिब्रता दिदै गएका छन् ।
अभियान अन्तरगत भारतिय अतिक्रमित भुमी सुस्ता गाउपालिकाका वडा नम्बर ५ को सुस्तामा पहिलो पटक टोलीनै पुगेर सामुहिक भोजन गर्ने ब्यबस्था मिलाएको छ । सुस्तामा यस अघि जिल्ला दैविप्रकोप उद्धार समितिले र देवदह जेसिजले भुजा चिउरा चाउचाउ लगायतका सामाग्री डुङ्गा मार्फत पढाएका थिए ।दौतरी एफ एम संगै विवेकसिल साझा पार्टि रुपन्देहीको टोली डुङ्गा चढेर सुस्तामै पुगेर राहात सामाग्री हस्तान्तरण गरेको हो । अहिले सम्म अभियानलाई जिसन नवलपरासी, विेकसिल साझा पार्टी रुपन्देही , लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५वि टु नेपाल एरिया नम्बर ४
लगायत धेरै संघ संस्थ तथा ब्यक्तिहरुले सो स्र्फुत रुपमा सहयोग गरिरहेका छन् । अभियानलाई पारदर्शी र प्रभावकारी बनाउनका लागि लेखा तथा अनुगमनको जीम्मा नेपाली मन संस्थाले लिएको छ । सुस्ता बासीका लागि तत्काल खाध्यान्न घर भत्किएका हरुका लागि त्रिपाल , विद्यार्थीहरुका लागि पाठ्य पुस्तक र लत्ताकपडा सहित का सामाग्री आवश्यक रहेकोले सहयोगका लागि सवैलाई अनुरोध समेत गरिएको छ ।