कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा जिल्ला अदालत गत वर्षभन्दा नयाँ मुद्दा दर्ता बढेको छ।
स्थानीय तहा न्यायसम्पादका लागि समितिहरु बनेपनि अदालतमा भने मुद्दाको चाप नघटेको हो । चालु आर्थिक वर्षको असार २८ गतेसम्ममा कुल तीन हजार ३सय १८ वटा नयाँ मुद्दा दर्ता भएका छन् । गत आर्थिक सोही अवधिमा कुल ३ हजार ३०० वटा मात्र नयाँ मुद्दा दर्ता भएको पर्सा जिल्ला अदालतको तथ्यांकमा छ।
तथ्यांकअनुसार १८ वटा मुद्दा बढेको अदालतका सूचना अधिकारी नारायणप्रसाद पौडेलले बताए। नयाँ मुद्दा बढ्नुमा स्थानीय सरकारबाट न्याय सम्पादन हुन्छ भन्ने सबै नागरिकलाई जानकारी नहुनु र स्थानीय तहबाट सम्पादन हुने मुद्दामा आम नागरिकलाई भरोसायुक्त नहुन प्रमुख कारण हुन सक्ने उनले बताए।
तथ्यांकअनुसार व्यक्तिवादी देवानी मुद्दा दुई हजार १ सय ४०, व्यक्तिवादी फौजदारी ७ सय ९४ र सरकारवादी फौजदारी २ सय ७२ वटा नयाँ दर्ता भएका छन् । बन्दी प्रत्यक्षीकरणको एक र निषेधाज्ञाका १ सय ११ गरी कुल तीन हजार ३ सय १८ रहेको पर्सा जिल्ला अदालतले जनाएको छ।
गत वर्षको सोही अवधिमा व्यक्तिवादी देवानी मुद्दा दुई हजार ४४, व्यक्तिवादी फौजदारी ८ सय ६४ र सरकारवादी फौजदारी १ सय ३० वटा मात्र थिए। बन्दी प्रत्यक्षीकरण तर्फ भने तीन र निषेधाज्ञाका १सय १५ गरी कुल तीन हजार ३०० रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।