काठमाडौं । सम्मान समारोह आफैमा पनि सम्मानले भरिएको विशिष्ट कार्यक्रम हो नै । त्यसमाथि फिल्मी क्षेत्रमा हुने गरेका कान्स फिल्म फेस्टिभल होस् या ओस्कार यी अवार्डको महत्ता आफैमा अपार र यी अवार्ड समारोहमा पुरस्कार जित्नेहरुको विश्वभर चर्चा हुने गर्छ । तर नेपालको सन्दर्भमा भने फिल्मी तथा सांगीतिक क्षेत्रमा हुने गरेको अवार्ड समारोहको गरिमा नै गल्दै गएको छ ।
केही वर्षयता नेपाली सांगीतिक क्षेत्र र चलचित्र क्षेत्रमा अवार्डको ‘फेसन’ बढेको छ । जतिबेला जहाँ पनि गरिने अवार्ड समारोहले अवार्डको गरिमा घट्दै गइरहेको छ । जसलाई मनोनयनमा राखेर अवार्ड कार्यक्रमको आयोजना गरिन्छ, तिनै सेलिब्रेटीहरु कार्यक्रममा उपस्थित नहुदाँ अवार्डकै बिजोग समेत हुने गर्छ । त्यस्तै कति अवार्ड कार्यक्रममा अवार्ड पाउने पक्का भएका कलाकार मात्र देखिन्छ ।
यसबाट पनि पहिल्यै थाहा हुन्छ कि अवार्ड कसले पाउँदै छ ? भन्ने कुरा । गायिका जुना प्रसाई भने अवार्डलाई एउटा सम्मानको रुपमा लिन्छिन् । कतिपयले अवार्ड किन्ने र कति आयोजकले बेच्नेसमेत गरेको पाइन्छ । कतिले अवार्डलाई ठाडै अस्वीकार गरेका छन् भने कति मख्ख पर्दै थाप्छन् पनि । अवार्ड जस्तो पुरस्कारको पछिल्लो समय किनबेच हुन थाले पछि अवार्ड कार्यक्रम सकिन साथ आफ्ना सामाजिक सन्जालहरुमा स्टाटस र क्याप्सन राख्दै अवार्डलाई व्याङग्य हान्न थाल्छन् ।
स्वादेशमा मात्र नभई थाइल्यान्ड , बेल्जियममा, हङकङ र दुबई, मलेसिया, कतारमा लगायतका देशहरुमा पनि आजकल खुव नेपाली अवार्ड कार्यक्रमहरु सम्पन्न हुन थालेका छन् । तर नेपालबाट को को जान्छन् ककस्ले पाउँछन् ? केही थाहा हुन्न । अवार्डप्रति व्यङ्ग, टिक्का टिप्पणी र आलोचना मात्र भइरहदा पनि अवार्ड कार्यक्रमहरु भने कम हुन छोड्दैन ।
भर्खरै मात्र मलेसियामा एउटा अवार्ड कार्यक्रम सम्पन्न गरेर फर्केका पत्रकार तथा आयोजक मनोज केसीे यसो भन्छन् । अवार्डको गरिमा त बेग्लै हुन्छ । तर, आजकलका कुनै अवार्ड पनि बाहिर देखिएजस्तो, बुझिए जस्तो गरिमा भने पक्कै छैन । धेरै कलाकर्मी पछिल्लो समय अवार्डको भित्री रहस्य थाहा पाएपछि अवार्डप्रति उदासिन र रुष्ट हुन थालेका छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।