नेपाल समाचारपत्र, चितवन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अभियोगमा थुनछेकका लागि डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको दावी गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिको चक्रपथ शिलन्यास कार्यक्रममा सम्बोधन गर्दे दाहालले छविलाल सो घटनामा निर्दोष रहेको जिकिर गरेका हुन् । उनले युद्धकालिन घटनाका व्यक्तिहरुलाई विभिन्न मुद्धा लगाउने षड्यन्त्र भईरहेको र अनाहकमा निर्दोष मानिसहरु फस्ने खतरा उत्पन्न भएको दावी गरे । उनले आफूहरुले नै अदालतको सम्मानका लागि छविलाललाइ अदालतमा जान सुझाएको घुमाउरो तवरमा बताए ।
दाहालले आफुहरुले लोकतान्त्रिक अभ्यासलाई स्विकार र सम्मान गर्ने भएकोले नेपाली काँग्रेसलाई पनि गम्भीर बन्न सुझाव दिए । उनले अनसनरत चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षा र माग सम्वोधनका लागि पनि लचिलो भएको दावी गरेका थिए ।
प्रचण्ड विभिन्न विकासका योजनाको शिलन्यास र उद्घाटनका लागि दुईदिनदेखि चितवन रहेका थिए । उनले चितवनमा रहँदा ३ अर्ब भन्दा बढीका योजनाहरुको शिलन्यास गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।