माधव अधिकारी
भाद्र ७, कावासोती ।।
कावासोती सेण्ट जोसेफ ईग्लीस बोडिगं स्कुलमा आज अन्तर समुह तिज गित नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालयका प्राचार्य ओमप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रबन्ध निर्देशक दिपकराज लम्साल प्रमुख अतिथि रहनुभएको थियो । कुल १५ समुहको सहभागिता रहेको सो कार्यक्रममा सहायक प्रिन्सिपल बिकास थापा र मण्टेश्वरी कक्षाकी संयोजक राधा शर्मालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख जनकराज अर्याल शिक्षक बिजय लम्साल र दिप्ति न्यौंपाने निर्णायक हुनुहन्थ्यो । कार्यक्रमको संचालन शिक्षक सुदिप चापागाईले गर्नुभएको थियो । कार्यक्रमको नतिजा भने आइतबार सुनाइने विद्यालय परिवारले जनाएको छ ।
यसैंगरि जनता मा.वि त्रिभुवनटार डण्डामा पनि आज हरितालिका तिजको अबसरमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालयमा रहेका बिभिन्न समुहहरु बिच भएको अन्तर समुह तिज गित प्रतियोगितामा कक्षा १० बि को समुह प्रथम भएको थियो भने ११ र १२ कक्षाको समुह द्धितिय भएको छ । यसैंगरि कक्षा ९ को समुह तृतिय हुन सफल भएको छ ।
भुपु बिद्यार्थी संघको आर्थिक सहयोगमा सम्पन्न सो कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका सदस्य बृन्दा गैंरे हुनुहुन्थ्यो । सस्कृति बिभागका संयोजक ज्योतीलाल गैंरेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रधानाध्यापक गिरिराज गिरि लगायत शिक्षक , कर्मचारी र बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कुल ६ टिमको सहभागिता रहेको कार्यक्रममा भवानी प्रसाद बस्याल लगायतको टिम निर्णायक रहेका थिए । कार्यक्रममा शिक्षक प्रतिनिधी हेमराज महतो लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा प्रथम हुनेले ५ हजार ५ सय पचपन्न , द्धितिय हुनेले ३ हजार ३ सय तेत्तीस र तृतिय हुनेले १ हजार १ सय एघार रुपैंया पुरस्कार प्राप्त गरेका थिए ।