अघिल्लो साता भारतको उत्तर प्रदेशमा आएको बाढीका कारण अहिले सुनौली-गोरखपुर राजमार्ग एक सातादेखि ठप्प हुँदा त्यसको असर नेपाली बजारमा देखिएको छ ।
यातायात ठप्प भएका कारण आयात निर्यात दुवै प्रभावित भए संगै पेट्रोलियम पदार्थको पनि अभाव हुन थालेको छ । भदौ १ गते बिहानै त्यहाँको रोहिण नदीमा जलस्तर बढ्दै गएपछि राजमार्गको पाँच फिटसम्म पानी पुगेलगत्तै बन्द गरिएको थियो ।
राजमार्गको कोडियाघाट,च्युटाहा, मनिराम क्षेत्रको करीव ३ किलोमिटर क्षेत्रको सडकखण्डमा पानीको बहाव बढेको र अझै पनि नघटेको स्थानीयलाई उदृत गर्दै आएका छन् ।