नेपाल बिधुत प्राधिकरणले फेरि १ सय ५ जना इञ्जिनियरको सरुवा गरेको छ । प्राधिकरणले यसअघि गत बिहीबार वितरण केन्द्र प्रमुखसहित १ सय १ कर्मचारीको सरुवा, पदस्थापन तथा जिम्मेवारी बाँडफाँड गरेको थियो । बढी चुहावट हुने वितरण केन्द्रमा इन्जिनियर हेरफेर गरेको प्राधिकरणले जनाएको छ । सुशासनका लागि सरुवा गरिएको प्राधिकरणको दाबी छ ।
प्राधिकरणले सरुवा भएका कर्मचारीलाई सात दिनभित्रै तोकिएका कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।