काठमाडौँ ।
अस्ट्रेलिया जारी क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।
सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले ४९.४ ओभरमा अल आउट हुँदै २१२ रन बनाएको थियो ।
अब फाइनलमा अस्ट्रेलियाले उपाधिका लागि आयोजक भारतको सामना गर्ने छ । फाइनल खेल आइतबार हुने छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।