काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समितिको बैठक बुधबार बस्दै छ। पुस १, २ र ३ गते काठमाडौं बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक, साङ्गठनिक विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार मध्यान्न १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।