धादिङ।
आफ्नै श्रीमतीको टाउकोमा ह्याम्मरले हानेर बेहोस बनाएका एक जनाले आफैँले आत्महत्या गरेका छन् ।
नीलकण्ठ नगरपालिका–९ चिप्लेटीका ५५ वर्षीया उजेली नेपालीलाई उनका पति ५५ वर्षीय सोमबहादुर नेपालीले घरायसी विवादका कारण ह्याम्मरले हानेर रगताम्मे हुनेगरि बेहोस पारेका थिए ।
टाउकामा लागेको चोटबाट बेहोस भएकी उजेलीको धादिङ अस्पतालमा उपचार नभएपछि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
श्रीमतीलाई मार्ने उद्देश्यले ह्याम्मरले हानेका सोमबहादुरले प्रहरीले पक्राउ गर्ने भएपछि घर नजिकै रुपखमा डोरीको पासो लगाइ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय लामाले जानकारी दिए ।
मानसिक समस्या भोगिरहेका सोमबहादुरले अघिल्लो दिन नै बाँस काटेर घरमा राखेका रहेछन् ।
घटनापछि छोराहरु काजकिरिया गर्न थालेका छन् भने घाइते आमाको उपचारमा भान्जीले सघाइरहेको बताइएको छ ।
अत्यन्त गरिब परिवारको नेपाली परिवारलाई आमाको उपचारमा आर्थिक अभाव भएको र समस्या झेलिरहेको घटनामा उद्धारकोसमेत काम गरेका श्याम मगरातीले बताए ।
सामान्य रुपमा औषधी उपचारमा खर्च नलागे पनि बाहिर किन्नु पर्ने औषधी, बिरामी कुरुवा आदीमा हुने खर्च गर्न नै कठिन अवस्थामा पुगेका मगरातीको भनाइ छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।