धादिङ ।
४५ वर्षीया एक महिला बलात्कार गरेको कसुरमा गजुरी गाउँपालिका- १ का आईमान सिंह तामाङलाई जिल्ला अदालत धादिङले ८ वर्षको कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको बिहीबार ईजलनसले कसुर कायम गर्दै ८ वर्षको कैद गरी ३ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।
जरिवाना बापतको रकम पीडितलाई क्षतिपूर्ति दिन फैसलामा उल्लेख छ ।
कसुरदार तामाङले महिलालाई ०७९ चैत १४ गते बलात्कार गरेको र सोही दिन इलाका प्रहरी कार्यालय गजुरीले गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १४ गते धादिङ अस्पतालमा भएको थियो ।
आरोपित विरुद्ध ०८० वैशाख १० गते जिल्ला अदालतमा मुद्दा दर्ता, भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।