काठमाडाैं ।
धादिङमा हत्याको कसुरमा जन्मकैद सुनाइएका फरार व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाकाे धादिङ ज्वालामुदी गाउँपालिका १ का सुर्य बहादुर दवाडीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
भारतको विभिन्न स्थानहरूमा लुकी छिपी बसेको र हाल नेपालमा प्रवेश गर्दै छ भन्ने खबरकाे आधारमा केन्द्रीय अनुसन्धानको टोलीले मिति साेमबार रूपन्देही, सिद्धार्थनगर नगरपालीका वडा १, बेलहियाबाट गरेकाे हाे ।
उनले अंश सम्बन्धी विषयमा झगडा भई श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसि रुखमा झुण्डाई हत्या गरी मृतक लासलाई बुढी गण्डकीको दोभानमा लगि जलाई सतगद गरेको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।
धादिङ जिल्ला अदालतको मिति २०६१/०२/०५ गतेको फैसलाअनुसार उनलाई जन्मकैद ठहर भएको थियो । उनलाई थप कारवाहीको लागि जिल्ला अदालत धदिङ बुझाएको प्रवक्ता तथा सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।