दोलखा।
१० औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दोलखाको उत्तरी केन्द्र सिंगटीमा मंगलवारबाट सुरु भएको छ । दोलखा जिल्ला खेलकुद विकास समिति दोलखाले आयोजना गरेको प्रतियोगिताको सह– आयोजक दोलखाको विगु गाँउपालिका रहेको छ ।
प्रतियोगिताको उद्घाटन दोलखाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य गंगा कार्कीले गरेका छन् । उद्घाटनको क्रममा उनले विकास, समृद्धि, अनुशासन सबैको लागि खेलकुदको महत्त्व रहेको बताए ।
दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वरनारायण मानन्धर, विगु गाँउपालिकाका प्रमुख सञ्जीव ओली, मेलुङ गाँउपालिकाका प्रमुख हिरा कुमार थोकर, तामाकोशी गाँउपालिकाका उपप्रमुख सृजना सुवेदी, विगु गाँउपालिकाका पूर्व प्रमुख युधिष्ठीर खड्का, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
आगामी माघ १३ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा भलिबल, दौड, हाईजम्प, लमजम्प, त्रिपलजम्प, ज्याबलिङथ्रो, कर्भडी र मार्सलआर्ट खेलहरु मा छात्र तथा छात्राहरु बीच प्रतिस्प्रर्धा हुने छ । प्रतियोगीतामा दुई नगरपालिका र सात गाँउपालिकाको टिम सहभागी रहेको दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटीले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।