पोखरा ।
राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । सार्वजनिक मतपरिणाम अनुसार अन्य क्लस्टरमा काँग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता-अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् ।
श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । अपांगता(अल्पसंख्यकतर्फ काँग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए । महिलातर्फ माओवादी केन्द्रीकी शर्माले ३ हजार ६ सय ६० मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाइन् ।
गण्डकीमा मतदाताको कुल मतभार ६ हजार १ सय ४० थियो । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष १ सय ७० गरी कुल २ सय ३० जना मतदाता थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।