काठमाडौं ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अङ्गुर २२०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ७०, भारतीय सानो गोलभेँडा ४०, अदुवा २२०, रातो आलु र रातो भारतीय आलु २८ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली २०, लौका ५०, कागती २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी ११०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रूपैयाँमा खरिदबिक्री हुँदै छ भने तोरीको साग र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ७० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज ९० र पुदीना ३५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन ३४०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भन्टा ७०, भिण्डी ९० र हरियो धनियाँ ९० रुपैयाँ पाइने समितिले जनाएको छ।
उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३१० रुपैयाँमा किनबेच भइरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।