१३ भदौ ,काठमाडौ – केहि समय अगाडी अनसन तोडेका प्राध्यापक डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। उनलाई हिजोदेखि अत्याधिक पेट दुखेपछि अस्पताल भर्ना गरिएको थियो ।
केसीको उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा भइरहेको छ । चिकित्सकहरुले गरेको अनुमान अनुसार केसीलाई सिभिएर ग्यास्ट्राइसिस हुन सक्ने भनेका छन् ।चिकित्सकका अनुसार केसीले खाना नखाएर शरीर कमजोर भएकाले बिरामी भएको हुन् ।
केसी आफु अस्वस्थ हुँदाहुँदै गत गतसाता बाढीपीडितको उपचारका लागि सप्तरी पुगेका थिए ।