काठमाडौं ।
प्रहरीले २ करोड ८३ लाखको समानसहित ट्रकलाई नियन्त्रणमा लिएकाे छ । बारा, जीतपुर सिमरा उप-महानगरपालिका-२१ अमलेखगंज चोकस्थित वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।
शुक्रबार उक्त ट्रकहरूलाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा बढी स्रोत खुलाउन नसकेको मुल्य २ करोड ८३ लाख ८९ हजार ९ सय ८९ रूपैयाँ बराबरको समानसहित ट्रक नियन्त्रणमा प्रहरीले नियन्त्रमा लिएकाे छ । थप कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएकाे छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।