काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजनामाथि आज टोली प्रमुखले आ-आफ्नो राय दिने छन्।
जारी बैठकमा प्रस्तुत अवधारणामाथि छलफल गरी निचोडमा पुर्याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौ वटा समूह विभाजन गरी सामूहिक छलफल गरिरहेको छ।
बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक विषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्य योजना प्रस्तुत गरेका थिए।
जसमा नौ समूहमा विभाजन गरी छलफल गरिएको हो। सोही समूहले आज प्रतिवेदनको निचोड सुनाउने भएको हो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।